May 5, 2024

Message from chairman


अध्यक्षको मन्तब्य : 
मध्यपुर थिमि क्षेत्रका जागरुक सहकारी प्रेमी २८ जना महानुभावहरुवाट स्थापना भएको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि. समुदायमा आधारीत सहकारी संस्था हो । आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नतीका लागि सहकारीताको भावनालाई जगाऔं भन्ने मुल नाराका साथ स्थापना भएको बालकुमारी साकोसले स्थापनाकाल देखि शेयर सदस्यको आर्थिक विकासमा टेवा पुऱ्याउने उदेश्यका साथ समय परिस्थिति अनुसार ब्याजदर सुधार गर्दैं आएको जानकारी गराउन चाहन्छु । समुदायको हितका लागि स्वास्थ्य शिविर, तालिम, आर्थिक तथा भौंतिक सहयोग निरन्तर रुपमा गर्दै आएको छ । साँस्कृतिक उत्थानका लागि संस्थाले सधैं अग्रसर भई लागि परेको छ । 

कारोना भाईरस (कोभिड –१९)को संक्रमणवाट देशमा विषम परिस्थितिको सृजना भयो । सम्पुर्ण शेयर सदस्य तथा जन समुदायमा आक्रान्त भयो । यस्तो अवस्थामा शेयर सदस्य र समुदायको लागि यस साकोसवाट भक्तपुरकैं चारवाटा नगरपालिकामा खाद्यान्न सहयोग गरियो । वातावरण प्रदुषण हुनवाट सुरक्षित रहन दिसइन्फेक्ट स्प्रे छर्ने कार्य सम्पन्न गरियो । मास्क वितरण, स्यानीटाइजर वितरण गर्ने कार्य भयो । लक डाउन र विषेधाज्ञाको समयमा शेयर सदस्यहरुलाई सुविधा दिने उदेश्यले नेपाल सरकारवाट जारी गरिएको सुरक्षा मापदण्ड (थर्मल गनवाट ज्वरो नाप्ने, सावुन पानीले हात धुने, स्यानिटाईजर, मास्क)को प्रयोग र भौंतिक दुरी कायम गरी सिमित कर्मचारीहरु वसी कार्यालय खोली सुविधा दिने कार्य भएको जानकारी गराउन चाहन्छु । 

बालकुमारी साकोसलाई अहिलेसम्मको परिस्थितिमा पुऱ्याउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने संचालक समिति, लेखा सुपरिब्यक्षण समिति, पुर्व संचालक, उपसमिति, कर्मचारी, शेयर सदस्य, पत्रकार र शुभचिन्तक महानुभावहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु । 

 

तुईलाल श्रेष्ठ
अध्यक्ष
९८४१३६०३१०

Copyright © 2024 Balkumari SACCOS (BASIC) | Developed & Maintained by SoAni Tech Nepal Pvt. Ltd.