May 5, 2024

message from ceo

ब्यवस्थापकको सन्देश
शेयर सदस्यज्यूहरु तथा शुभचिन्तक महानुभावज्यूहरु
हाम्रो बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.को सदस्यहरू तथा शुभचिन्तकहरुका लागि मैत्रीपूर्ण र उत्कृष्ट सेवाहरूको परिचय दिने वेबसाइटमा तपाईहरुले केही समय दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

संस्थाले आफ्नो स्थापनाको २१ औं बर्ष पार गरिसकेको छ र आधुनिक टेक्नोलोजीसँग तालमेल राख्दै अगाडि बढिरहेका छौं । यस अवसरमा म तपाईंहरू सबैलाई हार्दिक अभिवादन व्यक्त गर्दछु र आश्वासन दिन्छु कि हाम्रो संस्थाको बृद्धि विकास, नाफामा बृद्धि र सदस्य सेवाहरूमा उत्कृष्टता ल्याउने क्षेत्रहरूमा अझ बढी परिश्रम गरि संस्थाको छवि अझैं उचाइमा पुर्याउने छु ।

मैले तपाईंलाई यो खबर दिन पाउदा धेरै खुसी भएको छु कि हाम्रो संस्थाले २०६७ सालमा नैं तत्कालिन डिभिजन सहकारी कार्यालय, भक्तपुरवाट उत्कृष्ट सहकारी पुरस्कार वाट सम्मानित भएको थियो भने राष्ट्रिय सहकारी बैंक लिमिटेडवाट पनि आ.व. २०७२÷७३ को उत्कृष्ट क्षेत्रिय (उपत्यका भित्र मध्येवाट) सम्मान विधामा सम्मानित गरिएको थियो ।

हाम्रो संस्थाका सदस्यहरुको अपेक्षा अनुसार आधुनिक टेक्नोलोजी प्रयोगमा ल्याउन र बिभिन्न सुविधाहरू प्रदान गर्न संस्थाले टेक्नोलोजीमा विकास गर्न आवश्यक वजेट राखेर काम गरिनथालेको छ । हामी मोबाइल बैंकिङ, एसएमएस अलर्ट, इन्टरनेट बैंकिङ, एटीएम लागू गर्ने प्रक्रियामा छौं, ताकि हाम्रा सदस्यहरूले यी सुविधाहरू मार्फत आफ्नो आवश्यक्ता अनुसार खातामा पहुँच पाउन सक्नेछन र एकैचोटि एक खाताबाट अर्को खातामा रकम रकमान्तरण गर्न सक्दछ ।

म हाम्रो संचालक समिति, लेखा समिति, बाह्य लेखा परीक्षक, उपसमितिहरु, शुभचिन्तकहरु, शेयर सदस्यहरु, कर्मचारी साथिहरु, नेफ्स्कुन, जिल्ला सहकारी संघ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, एसीसीयू, वोकु, आईसीए आदिलाई हार्दिक धन्यवाद् दिन चाहन्छु । 

तपाईंलाई हाम्रो साकोसमा आउन र फरक महसुस गर्न आमन्त्रित गर्दछु । आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिका लागि सहकारीताको भावनालाई जगाऔं । जय सहकारी, जय बालकुमारी । 

सुजेन्द्र श्रेष्ठ
ब्यवस्थापक
९८४९६९१८२५

Copyright © 2024 Balkumari SACCOS (BASIC) | Developed & Maintained by SoAni Tech Nepal Pvt. Ltd.